बर्दियाको खैरापुरमा घुमुवा प्रहरीको सेटिङमा दैनिक लाखौंको जुवा, एसपी बेखबर

बिहीबार, पुस १९, २०८०
honor mob  winter sales

काठमाडौं । बर्दिया जिल्लाको गुलरियामा रहेको जिल्ला प्रहरी कार्यालय बर्दिया नजिकै खैरापुरमा ठुलै जुवा हुने गरेको पाइएको छ। 

Honor x7 pad

गुलरियादेखि ४-५ किलोमीटर पश्चिमतर्फ रहेको खैरापुरमा आजभोलि दैनिकरूपमा ठुलो जुवा सञ्चालन हुने र त्यहाँ लाखौं रुपैयाँको खेल हुने गरेको पाइएको छ । अवैध कार्य,अवैध जुवा र तस्करी कदापि हुन नदिने जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी सुधीर राज शाहीको निर्देशन विपरीत त्यहा रहेका प्रहरीका घुमुवाहरुको मिलेमतोमा जुवा हुँदै आइरहेको छ। एकै रातमा लाखौं रुपैयाँको हुने  जुवा खेल्न बर्दियाबाट मात्रै नभई नेपालगन्जबाट समेत जुवाडेहरु जाने गरेका छन् ।

त्यसरी जुवा खेलाउनु कानुनी अपराध नै भएपनि घुमुवाहरुको सेटिङमा खैरापुरमा जिल्ला बाहिरबाट समेत खेलाडीहरु बोलाएर अवैधरूपमा जुवा सञ्चालन हुुँदा समेत जिल्ला प्रहरी बर्दियाका एसपी शाही बेखबर रहेको स्थानीयको आरोप छ ।

जुवा सञ्चालन भएको स्थानबाट स्थानीय प्रहरी चौकी नजिकै  एक किमिको फरकमा हुुँदा समेत प्रहरीले अनदेखा गर्दै हिँडेपछि जुवाले प्रश्रय पाएको स्थानीयको दाबी छ । दैनिकजसो एकै रातमा १०औं लाखको जुवा हुने स्थानमा घुमुवा प्रहरीको र स्थानीय प्रहरीको मिलेमतोले  खैरापुर जुवाको अखडा बन्न पुगेको छ।

नेपालगन्जबाट समेत जुवाडेहरु गएर जुवा खेलिने स्थानमा प्रहरीले छापा हान्न नसक्नु लाजमर्दो विषय बन्न पुगेको छ। खैरापुरमा खेलाउने जुवामा नेपालगन्जका केही जुवाडेहरुको पनि लगानी रहेको बताइएको छ। नेपालगन्जमा बाँके प्रहरीले जुवाविरुद्द याक्सनमा गएपछि उनीहरु बर्दियातर्फ लागेको पाइएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियामा वरिष्ठ प्रहरी नायब निरीक्षक भगिरथ चन्दको नेतृत्वमा खटिएको घुमुवा प्रहरीमा प्रहरी सहायक निरीक्षक याम बोगटी, सहायक हवल्दारद्वय देबेन्द्र थापा र सन्तोष श्रीपाली र सिपाही कैलाश खत्री भएपनि उनीहरुकै सेटिङमा दैनिक ठुलो जुवा हुने गरेको स्थानीयको आरोप छ।

यसरी खैरापुरमा अवैध रुपमा दैनिक लाखौं रुपैयाँको जुवा हुँदासम्म जिल्ला प्रहरी बर्दियाले सुईको नपाउनुको कारण जान्न खोज्दा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्तालाई गरिएको फोन उठेन। 

 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्