काठमाडौं अदालतबाट हतकडीसहित फरार भएका थुनुवा दुवाकोटबाट पक्राउ

बिहीबार, पुस १९, २०८०
honor mob  winter sales

काठमाडौं । बुधबार दिउँसो हतकडीसहित जिल्ला अदालत काठमाडौं परिसरबाट फरार भएका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ।

Honor x7 pad

फरार भएका थुनुवा विमल खड्कालाई आज बिहान प्रहरीको टोलीले भक्तपुरको दुवाकोटबाट लुकेर बसिरहेको बेला पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

ठगी मुद्दामा जेल चलान भएका खड्कालाई महाराजगन्ज प्रहरी वृत्तमा परेको मुद्दामा अदालत लगेका बेला  प्रहरी टोलीलाई छ्क्याउँदै हत्कडीसहित  फरार भएका थिए।

खड्काले डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त स्वयम्भुले पक्राउ गरेपछि जिल्ला अदालत काठमाडौंले जेल चलान गरेको थियो।। 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्