बाँकेमा मेयर कप फुटबल हुँदै

बिहीबार, पुस १९, २०८०
honor mob  winter sales

नेपालगञ्ज । बाँकेमा लामो समयसम्म रोकिएको मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ। बाँके जिल्ला फुटबल संघको आयोजनामा यहीँ माघको पहिलो हप्तादेखि मेयर कप छात्र-छात्रा फुटबल प्रतियोगिता २०८० हुन लागेको हो । मेयर कप फुटबल माघ ६ देखि १३ गतेसम्म नेपालगञ्जमा हुनेछ । प्रतियोगितामा बाँके जिल्लामा रहेका ८ वटा स्थानीय तहका विद्यालयहरुको छात्र-छात्रा टिमहरुले सहभागिता जनाउने भएका छन् ।

Honor x7 pad

प्रतियोगिता आयोजनाका लागि नेपालगञ्ज उप–महानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।  प्रतियोगिता सन्चलानका लागि नेपालगञ्ज उप–महानगरपालिका र बाँके जिल्ला फुटबल संघबीच सम्झौता भएको छ । 

नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगितामा करिब ४० विद्यालयहरुको सहभागिता रहने छ। 

बाँके जिल्ला फुटलल संघले विगतका वर्षमा मेयर कप जिल्ला स्तरीय छात्र–छात्रा प्रतियोगिता आयोजना गर्दै आएको थियो । कोभिड–१९ का कारण दुई वर्ष प्रतियोगिता हुन सकेको थिएन । माघको ६ गतेबाट सुरु हुने प्रतियोगिताले विद्यालय स्तरबाट फुटबल खेलाडी उत्पादनमा सहयोग गर्ने अखिल नेपाल फुटलब संघका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए।

मेयर कप प्रतियोगिताले बाँके जिल्लाको फुटबल विकासमा योगदान गर्नेछ भने प्रतियोगितालाई भव्य बनाउने तयारी गरिरहेको र मेयर कपले बाँकेको विकासमा नयाँ सम्भावनाको उजागार गर्नेछ शाहीले भने।

मेयर कप नेपालगञ्ज वडा नम्बर १ स्थित एन्फा ग्रासरुट फुटबल ट्रेनिङ सेन्टरमा हुनेछ । नेपालगञ्ज रंगशालामा सिन्थेटिक ट्रयाक निर्माणको काम जारी रहेकोले प्रतियोगिता धम्बोझीमा गर्नु परेको बाँके जिल्ला फुटबल संघले जानकारी दिएको छ । मेयर कप विजेता टिमले २१ हजार, उपविजेताले ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने फुटबल संघले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्