काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार,थुनुवा खोज्दा बानेश्वर-तीनकुने सडक अस्तव्यस्त

बुधबार, पुस १८, २०८०
honor mob  winter sales

काठमाडौं । एक जना थुनुवा हत्कडीसहित जिल्ला अदालत काठमाडौंबाट फरार भएका छन्।

Honor x7 pad

ठगी मुद्दाका थुनुवा विमल खड्का म्याद थप गर्न लिएको प्रहरी टोलीलाई छ्क्याउँदै हत्कडीसहित आज अपराह्नमा फरार भएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ।

खड्काले डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त स्वयम्भुले पक्राउ गरेको थियो । स्वयम्भु प्रहरीले म्याद गर्न लिएको बेला खड्का हत्कडीसहित अदालत परिसरबाट फरार भएका हुन् ।

अपराह्नमा फरार भएका थुनुवालाई अहिले  प्रहरीले काठमाडौंका विभिन्न स्थानहरुमा खड्काको खोजीकार्य गरिरहेको परिसरले जनाएको छ। प्रहरीले भाडाका बसलाई विशेष चेकजाँच गरिरहदा नयाँ बानेश्वरदेखि तीनकुने पुल सडक अस्तव्यस्त बनेको छ। नयाँ बानेश्वर प्रहरीले वृत्तले बसलाई चेकजाँच गर्दा सडक जाम बन्न पुगेको छ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्