बाजेको कुटाइबाट २ वर्षीय नातीको मृत्यु, अर्का ८ वर्षीय नाती गम्भीर

शुक्रबार, असार २९, २०८०
honor mob  winter sales

बैतडी । बाजेको कुटाइबाट दुई वर्षीय नातीको मृत्यु भएको छ ।

Honor x7 pad

बैतडीको पुर्चौंडी नगरपालिका–६ मुडेलीधारमा ५० वर्षीय बाजे गणेश साउदको कुटाइबाट दुई वर्षीय नाती रेशम साउदको मृत्यु भएको जिल्ला प्रहरी बैतडीले जनाएको छ।

बैतडी  प्रहरीका अनुसार  बाजेको कुटाइबाट गम्भीर घाइते रेशमको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा आज बिहान मृत्यु भएको हो । 

बाजे गणेशकै कुटाइबाट अर्का आठ वर्षीय नाती रिजन साउद गम्भीर घाइते भएका छन् । उनको कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा आईसीयूमा राखेर उपचार हुँदैछ । 

बिहीबार रेशम र रिजनकी आमा र हजुरआमा घाँस काट्न गएका बेला बाजे गणेशले दुवैजनालाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिठ गर्ने गणेशलाई प्रहरीले पक्राउ गरेको छ । 

उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १०:१६
प्रतिक्रिया दिनुहोस्