पुरुषलाई आत्महत्या गर्न बाध्य पार्ने महिला पक्राउ

मंगलबार, पुस १७, २०८०
honor २२ sept

गोरखा । एक पुरुषलाई मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

X7D

जिल्ला प्रहरी कार्यालय गोरखाले आरुघाट गाँउपालिका वडा नं ६ आरुआरबाङ कल्लेरीकी ४५ वर्षीया मंगली विकलाई पक्राउ गरेको जनाएको छ।

गोरखाका प्रहरी प्रवक्ता रमेशकुमार श्रेष्ठका अनुसार विकले सोही ठाउँका ४५ वर्षका जिरबहादुर गुरुङलाई विभिन्न तरहले मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य पारेकी थिइन्।

विकले नै आत्महत्या गर्न बाध्य बनाएको भन्दै गुरुङका आफन्तले प्रहरीमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

गुरुङ गत बिहीबार ( पुस १२ गते ) कल्लेरीस्थित खनायो रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

विकविरुद्ध आत्महत्या गर्न दुरुत्साहन दिन हुने कसूरमा मुद्वा दर्ता गरी  गोरखा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरील्र  श्रेष्ठले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्