बालकुमारी आन्दोलनमा पक्राउ परेका सबै रिहा

आइतबार, पुस १५, २०८०
honor mob  winter sales

काठमाडौँ । शुकवार ललितपुरको बालकुमारीमा  भएको प्रदर्शनमा पक्राउ परेका सबैलाई प्रहरीले रिहा गरेको छ ।

Honor x7 pad

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राख्दै भएको प्रदर्शनका क्रममा पक्राउ परेका ७३ जनालाई रिहा गरिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । 

उनका अनुसार सो प्रदर्शनका क्रममा थुनामा रहेका सबै रिहा भएका हुन् । उनले भने, “प्रदर्शनका क्रममा पक्राउ परेका सबैलाई छोडिएको छ र उनीहरुलाई मुद्दा नचलाउने निर्णय भएको छ ।” भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने गाडीमा आगजनी गरी भौतिक सम्पत्तिमा समेत तोडफोड गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरी थुनामा राखेको थियो ।

उक्त प्रदर्शनका क्रममा दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन रावत र अछामको चौरपाटी गाउँपालिका–१ का २२ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको थियो । 

सरकारले ज्यान गुमाएका रावत र साहका परिवारलाई जनही रु १० लाखका दरले राहत उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्