पिकनिक जाँदै गरेको बस दुर्घटना, २५ बढी घाइते

आइतबार, पुस १५, २०८०
honor mob  winter sales

दाङ । बर्दियाबाट पिकनिक जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा २५ जना बढी  घाइते भएका छन् ।

Honor x7 pad

राप्ती राजमार्गको सितलपुर -अमेलिया सडक खण्डको भञ्जाङमा बस दुर्घटनामा परेको इलाका प्रहरी तुलसीपुरले जनाएको छ।

आज बिहान करिब ७ बजेतिर बर्दियाबाट दाङको चखौरा पिकनिकका लागि जान थालेको बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।

बर्दियाबाट दंगीशरण-३ स्थित थारु संग्रालय रहेको चखौरामा पिकनिकका लागि जाँदै  गरेको भे १ ख २०४१ नम्बरको बस दुर्घटनामा परेको हो।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीसहितको सशस्त्र प्रहरीले २४ जना घाइतेको उद्धार गरि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तर्फ पठाइएको हो। 

सुरक्षाकर्मी घटनास्थल पुग्नु भन्दा पहिले नै ४-५ जना जति गम्भीर घाइतेलाई हायस गाडी मार्फत बाँकेको कोहलपुर तर्फ पठाइएको भन्ने कुरा अन्यले गरेको पनि प्रहरीले बताएको छ।

तुलसीपुर पठाइएका मध्य ३ जना महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

बर्दियाबाट दंगिशरण- ३ स्थित थारु संग्राहलय चखौरामा पिकनिक खानका लागि आउँदै गरेको बस तुलसीपुर उपमहानगरपालिका वडा नं-१३ स्थित अम्बापुर नजिकै पाखोमा दुर्घटनामा परेको थियो ।

ब्रैक नलागेपछि बस नालामा परि पल्टिएको अनुमान गरिएको छ । बसमा कुल ४० जना सवार थिए।

 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्