ट्याक्टरको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु

आइतबार, पुस १५, २०८०
honor mob  winter sales

सिन्धुली । सिन्धुलीमा ट्याक्टरको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु भएको छ।

Honor x7 pad

कमलामाई नगरपालिका–५ मधुटारस्थित भित्री सडक खण्डमा सिलामेबाट सिन्धुलीमाढी बस पार्कतर्फ आउँदै गरेको ना ५ त ९५१० नं को ट्याक्टरले बाटो काट्दै गरेकी बालिका अरुणा श्रेष्ठ (निर्जला) लाई ठक्कर दिएको थियो।

कमलामाई नगरपालिका–५ बस्ने २८ वर्षीय गोपी वाइवाले चलाएको उक्त ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएकी श्रेष्ठको सिन्धुली अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशवकुमार कटवालले जानकारी दिए।

उनका अनुसार बालिकालाई ठक्कर दिने ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा छ।रासस म

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ०७:५६
प्रतिक्रिया दिनुहोस्