विद्युत प्राधिकरणले बन्द गर्यो १४ उद्योगको बिजुली

शनिबार, पुस १४, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले थप १४ उद्योगहरुको विद्युत आपूर्ति बन्द गरेको छ ।

Honor x7 pad

प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेका तर त्यसबापतको प्रिमियम सहितको महशुल नतिरेका थप १४ वटा उद्योगहरुको विद्युत आपूर्ति बन्द गरेको हो।

प्राधिकरणले शुक्रबार ५ करोड रुपैयाँभन्दा बढी बिद्युत् बक्यौता भएका ग्राहकहरूको विद्युत् लाइन काटेको हो ।  

बाबा जुट मिल (५ करोड ६१ लाख रुपैयाँ), निगाले सिमेन्ट (१४ करोड २१ लाख रुपैयाँ), त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज (१५ करोड ६६ लाख रुपैयाँ),हिमाल आइरन एण्ड स्टील (८ करोड १३ लाख रुपैयाँ), जगदम्बा इन्टरप्राइजेज (४७ करोड ९८ लाख रुपैयाँ), हामा आइरन (११ करोड ५५ लाख रुपैयाँ),एभरेष्ट पेपर मिल (२१ करोड ३६ लाख रुपैयाँ)को लाइन काटिएको छ ।

त्यसैगरी,  कसमस सिमेन्ट (३५ करोड ८२ लाख रुपैयाँ), शुभश्री अग्नी सिमेन्ट (३८ करोड १० लाख रुपैयाँ), जगदम्बा सिन्थेटिक (४७ करोड ५३ लाख रुपैयाँ, घराना फुड्स (५ करोड ९ लाख रुपैयाँ), सिद्धार्थ पेटप्लास्ट (५ करोड २४ लाख रुपैयाँ), बुटवल सिमेन्ट (३२ करोड ९८ लाख रुपैयाँ), नारायणी स्पात (७८ करोड ४९ लाख रुपैयाँ)को लाइन काटिएको छ ।

प्राधिकरणले अघिल्लो शुक्रबार ४ र गत आइतबार ५ उद्योगको लाइन काटेको थियो । शुक्रबार जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन काटेको प्राधिकरणले आइतबार सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, अशोक स्टिल, सोनापुर मिनरल्स एण्ड आयल प्रालि र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटेको थियो । 

प्राधिकरणले यसअघि नै बक्यौता नतिर्ने ६१ उद्योगको बिजुली बन्द गर्ने बताएको थियो। 

 

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  ०८:५१
प्रतिक्रिया दिनुहोस्