दासढुङ्गामा बस पल्टियो, १९ जना यात्रु घाइते

शुक्रबार, असार २९, २०८०
honor mob  winter sales

चितवन । मुग्लिन- नारायणगढ सडकखण्डको  चितवनस्थित दासढुङ्गामा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् ।

Honor x7 pad

काँकडभिट्टाबाट काठमाडौँ आँउदै गरेको बागमती प्रदेश०१-००६ख ५२३७  नम्बरको यात्रुबहाक अंश भरतपुर महानगरपालिका-२९ को दासढुङ्गामा आज बिहान  सवा ५ बजे दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

ट्राफिक प्रहरीका अनुसार बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेर रुखमा अड्किएको छ। बसमा ४० यात्रु सवार मध्ये १९ यात्रु घाइते छन् ।

ट्राफिक प्रहरीले जनाएअनुसार १० जनाको पुरानो मेडिकल कलेजमा,८ जनाको भरतपुर अस्पतालमा र १ जनालाई काठमाडौँ पठाइएको छ । 

 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०८:२८
प्रतिक्रिया दिनुहोस्