सम्पर्कविहीन २१ प्रहरीलाई ७ दिन भित्र हाजिर हुन नक्सालको निर्देशन

बुधबार, पुस ११, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुशी बिदामा बसेर सम्पर्कबिहीन बनेका २१ जना प्रहरीलाई तत्काल हाजिर हुन निर्देशन जारी गरेको छ।

Honor x7 pad

गैरहाजिर रहेका २१ जना प्रहरीको नाममा सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालय नक्सालले ७ दिन भित्र हाजिर हुन निर्देशन दिएको हो।

जारी सूचनामा सम्पर्कविहीन भएका १ जना प्रहरी वरिष्ठ हवलदार, ५ सहायक हवलदार, १३ प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगीलाई ७ दिन भित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको हो।

नक्सालले उनीहरु तोकिएको समयमा सम्पर्कमा नआए प्रहरी सेवाबाट हटाइने समेत प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ।

 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ०९:३०
प्रतिक्रिया दिनुहोस्