फरार रहेका भारतीय सार्प सुटर सिंहलाई बारा प्रहरीले हान्यो गोली

बुधबार, पुस ११, २०८०
honor mob  winter sales

काठमाडौं । गत कार्तिक १३ गते बाराको कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका प्रिन्सिपल रुपेश स्वर्णाकारको हत्याका संलग्न भएका मुख्य सार्प सुटरलाई गोली हानेर पक्राउ गरेको  छ।

Honor x7 pad

बारा प्रहरीको टोलीले जिल्लाको विश्रामपुर गाउँपालिका-३ बाट गएराति भारतको बिहार राज्य मोतीहारीस्थित छोडादारका ३२ वर्षीय सुजित सिंहलाई गोली हानेर पक्राउ गरिएको जिल्ला प्रहरी  बाराले जानकारी दिएको छ ।

प्रहरीले सिंहसहित ४ जना विश्रामपुर आएको सूचना पाए पश्चात् गएको टोलीले घेरा हालेर पक्राउ गर्ने क्रममा सिंह भाग्न खोज्दा दुबै खुट्टामा गोली हानेर पक्राउ गरेको जनाएको छ। घाइते आरोपी सिंहको   प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ ।

प्रिन्सिपल स्वर्णाकारको  हत्यामा संलग्नलाई ३ दिनपछि प्रहरीले ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेपनि मुख्य सुटर सिंह फरार थिए।

प्रहरीले यसअघि हत्यामा संलग्न भएका कलैया उपमहानगरपालिका-२ की राधा गुप्ता, चन्दन यादव,  रियाज अन्सारी, अभिनव कुमार सिंह र जाबेर अख्तरलाई पक्राउ गरिसकेको छ।

प्रहरीले सिंहको साथबाट एक थान पेस्तोल र ५ राउन्ड गोली समेत बरामद गरेको जनाएको छ।

 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ०८:५२
प्रतिक्रिया दिनुहोस्