पोखरामा कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु

मंगलबार, पुस १०, २०८०
honor mob  winter sales

पोखरा । पोखरामा मोटरसाइकललाई कारले ठक्करले दुई जनाको मृत्यु भएको छ।

Honor x7 pad

पोखरा महानगरपालिका- ५ प्रस्याङमा गएराति  १ बजे कारको ठक्करबाट  बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बा१३च ३७२१ नम्बरको कारले सिद्धार्थ बैंक अगाडि दुई जना पैदलयात्रीलाई ठक्कर दिएको कास्की प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएका पोखरा महानगरपालिका-३ नदीपुरका २० वर्षीय ढालेन्द्र छन्त्याल र ३५ वर्षीय पुरुषको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

ठक्कर दिने कार चालक दुर्घटना पश्चात् फरार भएको र कारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

फरार रहेका कार चालकको खोजीकार्य तिब्र पारिएको प्रहरीले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्