त्रिभुवन विमानस्थलबाट मीन घले समूहले १ क्विन्टल ३८ किलो सुन तस्करी गरेको निष्कर्ष

आइतबार, पुस ८, २०८०
honor mob  winter sales

काठमाडौं । मीनबहादुर घलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर १३८ किलो (१ क्विन्टल ३८ किलो) सुन तस्करी गरेको निष्कर्ष निकालिएको छ ।

Honor x7 pad

विमानस्थलबाट बरामद भएको  १४ किलो सुन तस्करी प्रकरणमा गठन भएको छानबिन समितिले उक्त निष्कर्ष निकाल्दै मीन घलेले १ क्विन्टल ३८ किलो सुन तस्करी गरेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ ।  

त्रिभुवन विमानस्थल हुँदै गत २२ मंसिरमा दुबईबाट काठमाडौं आएका चन्द्र घलेलाई भन्सार कार्यालयले १४ किलो सुनसहित पक्राउ गरेपछि गोरखाका मीनबहादुर घले  पक्राउ परेका थिए ।

छानबिन समितिले घलेले दुवईमा तथाकथित अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क राखी नेपालमा सुन तस्करी गर्न चाँजोपाँजो मिलाउने गरेको निष्कर्ष निकालेको छ । घले स्वयं तथा चन्द्र घले र कृष्ण कुमार श्रेष्ठ समेतले पटक–पटक दुवईबाट सुन लिई आउने गरेको अनुसन्धानबाट खुल्न आएको समितिको भनाइ छ । 

छानबिन समितिले भनेको छ, ‘पटक पटक गरी मिनबहादुर घले, चन्द्र आले र कृष्णकुमार श्रेष्ठले जम्मा १३८ केजी ( १ क्विन्टल ३८ किलो) सुन ल्याएर विमानस्थलबाट सेटिङ मिलाएर बाहिर ल्याउने गरेकोमा पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ केजी मात्र पक्राउ परेको देखिन्छ ।’

मीनबहादुर र चन्द्रका साथै कृष्णकुमार श्रेष्ठले दुबईबाट सुन लिएर आउने गरेका थिए । विमानस्थलमा सेटिङ मिलाउन भने डीबी भन्ने दनबहादुर गुरुङलाई प्रयोग गरेको पाइएको छ ।

यस्तै विमानस्थलबाट सुन बाहिर निकाल्न विमानस्थलमा कार्यरत नागरिक उड्ययन कार्यालय, गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेक बहादुर तामाङ, सेवा निवृत्त भई करारमा कार्यरत रमेश देउला, एसी शाखामा कामगर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर सेर बहादुर बस्नेत समेतले भूमिका खेलेको खुल्न आएको समितिको भनाइ छ । 

विमानस्थलबाट कटाएको सुन रमेश, राधाकृष्ण र अनिलले काठमाडौंको टोखा नगरपालिका, बानियाटारसिथतर सूर्यदर्शन हाइटमा रहेको डीबी गुरुङको घरमा पु¥याउने गरेका थिए । यो सुन मिनबहादुर र उनका साथी जाने भन्ने जीवन गुरुङले अंकितले भनेको स्थानमा पु¥याउने गरेका थिए ।

 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १४:३५
प्रतिक्रिया दिनुहोस्