धनुषा प्रहरीको हिरासतमा एक थुनुवाको मृत्यु, अवस्था तनावग्रस्त, दर्जनौं राउन्ड हवाई फायर

शुक्रबार, पुस ६, २०८०
honor mob  winter sales

धनुषा । धनुषाको प्रहरी कार्यालयको हिरासतम एक थुनुवाको मृत्यु भएपछि तनावग्रस्त बनेको छ।

Honor x7 pad

धनुषास्थित हंसपुर इलाका प्रहरी कार्यालयको हिरासतमा गए राति स्थानीय दीपनारायण मण्डलको मृत्यु भएपछि आक्रोशितले समूहले इलाका प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेका छन्।

स्थानीयले प्रहरीले कुटपिट गर्दा मण्डलको मृत्यु भएको भन्दै आज बिहानैदेखि स्थानीयले प्रदर्शन गर्दैछन् ।

धनुषा प्रहरीका अनुसार त्यहाको स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं राउण्ड हवाई फायर गरेको छ। प्रदर्शनमा उत्रिएका एक स्थानीय शंकर मण्डल गोली लागेर एकजना घाइते भएका छन् । थप विवरण आउँन बाँकि छ।

 

 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्