पक्राउ परेका सञ्चार सचिवलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्चको आदेश

बिहीबार, असार २८, २०८०
honor mob  winter sales

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा सिआईबीले पक्राउ गरेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न  आदेश  जारी गरेको छ । 

Honor x7 pad

सिआइबीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरि गैरकानुनी रुपमा थुनामा राखेको भन्दै सचिव राउतका तर्फबाट उषा कार्कीले गृह मन्त्रालय समेतलाई विपक्षी बनाई बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन्।

बन्दी प्रत्यक्षीकरणको रिटमा आज सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले २४ घण्टाभित्र लिखित जावफसहित सचिव राउतलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। 

वि.सं.२०६७ सालमा  सचिव राउत भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत छदा विशिष्ट व्यक्तिहरूको निवास विस्तार सम्बन्धमा गुरुयोजना तयार गर्ने प्रस्तावको टिप्पणी उठाएका कारण सीआईबीले सरकारी कागजात किर्तेसहित संगठित अपराधको कसुरमा राउतलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

यस प्रकरणमा सिआईबीले एक दर्जन बढीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

 

 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्