जहाज खरिदमा मेरो कुनै निजी स्वार्थ छैन् : पर्यटनमन्त्री

बिहीबार, असार २८, २०८०
honor mob  winter sales

काठमाडौं । जहाज खरिद गर्नुमा आफ्नो कुनै निजी  स्वार्थ नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बताएका छन् । आज राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री किराँतीले जहाज खरिद गर्नु  राष्ट्रिय आवश्यकता भएको बताएका हुन् 

Honor x7 pad

दुर्गम क्षेत्रमा विमानस्थलहरु बने पनि त्यस क्षेत्रमा उड्ने हवाइजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि नै प्रश्न उठेको मन्त्री किराँतीले बताए । 

दुर्गम क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकाले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित नदेखिएको उनको भनाइ छ । उनले नेपाल वायु सेवा निगमले तीन वटा साना जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाएको पनि जानकारी गराए । 

उनले कुन प्रक्रियाबाट खरिद गर्ने भन्नेकुरा निगमकै विज्ञ र पदाधिकारीले निर्धारण गर्ने कुरा भएको उल्लेख गर्दै आफूले नेपालको प्रचलित कानून अनुसार पारदर्शी ढंगले जहाज खरिदको प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताए । 

उनले देशका विभिन्न स्थानमा विमानस्थल निर्माणको माग भएको उल्लेख गर्दै विमानस्थलको संख्या थप्ने भन्दा पनि सेवा र गुणस्तर बढाउनेमा जोड दिनुपर्ने बताए । 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्