घोराही दुर्घटनामा मामा-भान्जा मृत्यु प्रकरण: न्यायका लागि आन्दोलनरत १५ जना पक्राउ

आइतबार, पुस १, २०८०
honor mob  winter sales

दाङ । दाङको घोराहीमा टिप्परको ठक्करबाट ज्यान गुमाएका मामा-भान्जा मृत्यु प्रकरणमा आन्दोलनरत पीडित परिवारका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

Honor x7 pad

शुक्रबार राति घोराही-१० झारबैरामा भएको दुर्घटनामा ज्यान गुमाएका प्युठानका दुई युवाको तर्फबाट घोराहीमा आन्दोनल गर्ने क्रममा पीडित परिवारका  १५ जनालाई प्रहरीले पक्राउ गरेको  हो।

 मृतकका परिवारले उचित क्षतिपूर्तिको व्यवस्था र टिप्पर चालकलाई कारवाही नभएसम्म शव अस्पतालबाट नउठाउने भन्दै आज दाङ बन्दको आह्वान गरेका थिए।

सोही क्रममा आज बिहान आन्दोलन गर्ने क्रममा प्रहरीले १५ जनालाई पक्राउ गरेको हो। घोराहीका चक्काजाम गर्ने क्रममा प्युठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेल, नौबहीनी गाउँपालिका-६ का वडा अध्यक्ष मानबहादुर केसी र मृतक दुई युवाका दाजु तथा मामा राजेश जिसीलगायतलाई प्रहरीले नियन्त्रण लिएको हो।

‘न्यायको आवाज उठान आएका हामी अहिले जिल्ला प्रहरी कार्यालयमा छौं। वार्ताबाटै काम टुङ्ग्याउन खोज्दा पनि उपर्युक्त वातावण नभएपछि हामी सडकमा उत्रिन बाध्य भएका हौं’, स्थानीय वालेन्द्र केसीले भने,’हामीले चालकलाई कारवाही र क्षतिपूर्तिको माग राखेका हौं। यस बारेमा छलफलसम्म गर्न पाइएको छैन।’

उक्त दुर्घटनामा मोटरसाइकलमा सवार प्युठानको झिमरुक गाउँपालिका-४ बांगेमरोठका १७ वर्षीय विशाल जिसी र नौवहिनी गाउँपालिका-६ लुङका १८ वर्षीय सागर केसीको मृत्यु भएको हो। उक्त घटनामा प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिइसकेको जनाएको छ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्