बाँके ट्राफिक राडार गनसहित सडकमा, स्पिडमा लापरबाही गरे ठाँउको ठाँउ कारबाही

शुक्रबार, मंसिर २९, २०८०
honor mob  winter sales

नेपालगन्ज । बाँके ट्राफिकले सावारीसाधानको गति मापनगर्ने यन्त्र (राडार गन) सहित सडकमा उत्रिएको छ।

Honor x7 pad

तिब्र गतिका कारण हुने सक्ने दुर्घटना न्युनिकरणका लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले नेपालगन्ज-कोहलपुर सडक खण्डमा ६० किलोमिटर  गति निर्धारण गर्दै राडार गन मार्फत सवारीको जाँच सुरु गरेको छ।

बाँके ट्राफिकले नेपालगन्ज- कोहलपुर सडक खण्डमा रडार गन प्रयोग गरी तिव्र गतिमा कुदाइएको सवारी साधानलाई कारबाही गर्न थालिएको ट्राफिक प्रहरी बाँकेका प्रमुख प्रहरी  निरीक्षक गोपी कृष्ण सुवेदीले बताए ।

नेपालगन्ज-कोहलपुर सडक खण्डमा तिब्र गतिका कारण  गाडी दुर्घटना बढेको निश्कर्ष निकाल्दै ट्राफिक प्रहरीले रडार गन प्रयोगमा ल्याएको हो । ट्राफिक प्रमुख सुवेदीका अनुसार नेपालगन्ज बजार र स्कुल एरियामा ४० किलोमिटर प्रति घण्टाको स्पीड लागू गर्न लागिएको छ।

अब नेपालगन्ज-कोहलपुर सडक खण्डमा ६० किलोमिटर भन्दा बढी स्पीड गरे १ हजार रुपैयाँ जरिवाना गरिने सुवेदीले बताए। उक्त सडक खण्डको जुनसुकै स्थानमा ट्राफिक प्रहरी राडार गनसहित तैनाथ हुने भएकाले सवारी चालकहरुलाई तोकिएको गतिमा सवारीसाधनलाई गुडाउन बाँके ट्राफिकले अनुरोध समेत गरेको छ।

ट्राफिक छैन् , स्पीड बढी बनाउदा केही फरक पर्दैन भने पनी ट्राफिक प्रहरीले लामो दुरीबाट राडार गनले स्पीडसहित फोटो खिच्ने हुँदा सावधानी अपनाउन सम्बन्धित सबैमा अनुरोध गरिएको ट्राफिक प्रमुख  सुवेदीले भने। त्यस्ता सवारीलाई ठाँउको ठाँउ कारबाही समेत हुने उनले बताए।

के हो राडार गन ? 

राडार गनले स्पीड कति गतिमा छ भनेर टाढैबाट तीव्र गतिका सवारी साधनबारे तत्काल संकेत दिने र ३ सय मिटरमा आएपछि गति मापन गर्ने अत्याधुनिक मेसिन हो। त्यस्तो गाडी तीब्र गति छ भने सय मिटरको दुरीमा आएपछि नम्बर सहितको सवारीसाधनको फोटो खिचिन्छ ।

कुन गाडी कति गतिमा गुडेको छ । त्यसले गनमा अंक देखाउँछ र तस्बिर पनि खिच्ने र तत्काल प्रमाणसहित  दिने गर्दछ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्