विमानस्थलबाटै अध्यागमनले किन फर्कायो कुवेतको भिसा लिएका ११७ नेपालीलाई ?

बिहीबार, असार २८, २०८०
honor mob  winter sales

काठमाडौं । श्रमिकको पासपोर्टमा एक खाले भिसा र ब्यागेजमा अर्को भिसाको कागजात फेला परेपछि कुवेत जान लागेका ११७ जनालाई त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयले विमानस्थलबाटै फिर्ता पठाएको छ।

Honor x7 pad

अध्यागमन विभागले भिसा शंकास्पद रहेको भन्दै  बुधबार राती कुवेत जान लागेका १०१ जना नेपाली श्रमिक र आज बिहान १६ जनालाई विमानस्थलबाटै फर्काएको  जनाएको छ ।

फिर्ता फर्काइएका १०१ जना हिजो राती सलाम एयर र १६ जन  आज बिहान कुवेत एयरबाट कुवेत जाने तरखरमा रहेको अध्यागमन विभागले जानकारी दिएको छ।

फिर्ता उनीहरु विभिन्न म्यानपावरमार्फत कुवेतका विभिन्न कम्पनीहरुमा काम गर्न जाने भन्दै वैदेशिक रोजगार विभागबाट  समेत उनीहरूले श्रम स्वीकृति पनि लिइसकेको पाइएको बताइएको छ। अध्यागमनले विमानस्थलमा  सोधपुछ गर्ने क्रममा उनीहरुले भनेको कुरा नमिलेपछि पछि घरेलु श्रमिकका रुपमा जान लागेको कुरा बाहिर आएपछि अध्यागमनले फिर्ता पठाएको हो। 

कुवेत जानेहरुसँग सोधपुछ गर्दा राहदानीमा एउटा भिसा लगाएर र कागजातमा अर्कै काम गर्ने गरी जान लागेको पुष्टि भएपछि अध्यागमनले कडाइँ गरेको विभागको दाबी छ ।

शंकास्पद भिसा भन्ने सुनेपछि फिर्ता पठाइएका ८० जनाले भिसाबारे अनुसन्धान गरिदिन अध्यागमन विभागलाई आग्रह गरेका छन् भने फिर्ता पठाइएकाहरु मध्ये आधा महिलाहरु छन् 

अध्यागमन विभागले यो घटनाबारेमा  श्रम र गृह मन्त्रालयका सचिवसँगको  छलफलबाट वैदेशिक रोजगार विभागमा सम्बन्धित म्यानपावरलाई कारवाहीका लागि पत्राचार गर्ने जनाएकोछ। 

अध्यागमन विभागका अनुसार फिर्ता पठाइएकाहरु मध्येमा इन्डेक्स म्यानपावरबाट ४७, युथ म्यानपावरबाट ३२ र निलकलम एचआरबाट २४ जना, सुलभ म्यानपावरमार्फत ४ जनाले कुवेतको भिसा लगाएर श्रम स्वीकृति पाएका थिए ।

यता वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी श्रम स्वीकृति लिएर हिंडिसकेका श्रमिकलाई अध्यागमनले  विना कारण रोकेर दुःख दिने काम मात्रै भइरहेको बताए। उनले भने-' सरकारले नै भिसा जाँचेर श्रम स्वीकृति दिएको छ, तर अध्यागमनले शंका लाग्यो भन्दै रोक्ने काम सही हैन।'  यस घटनाबारे अध्यक्ष भण्डारीले गृहमन्त्रीसँग छलफल गर्ने बताएका छन् ।

 

 

 

 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्