दाङमा डेंगी नियन्त्रण गर्न सरकारसँग राष्ट्रिय सभा सदस्य देवकोटाको माग

बिहीबार, असार २८, २०८०
honor mob  winter sales

काठमाडौं । दाङलाई डेंगी प्रभावित जिल्लाका रूपमा सूचीकृत गरी नियन्त्रणका लागि पहल गर्न राष्ट्रियसभा सदस्य अनिता देवकोटाले माग गरेकी छन्।

Honor x7 pad

आज राष्ट्रियसभा बैठकमा बोल्दै  देवकोटाले  दाङ जिल्लालाई डेंगी प्रभावित जिल्लाको रूपमा सूचीकृत गरी डेंगी नियन्त्रण, रोकथामका उपाय र साधनका लागि कार्यक्रमहरू समावेश गर्न, सञ्चालन गर्न नेपाल सरकार, स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण गराएकी हुन्  ।

त्यसैगरी अर्का  राष्ट्रियसभा सदस्य इन्दु कडरियाले नेपालका नर्सिङ कलेजहरू बन्द र विद्यार्थीहरू बाहिर पढ्न जानुपर्ने अवस्था रहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

त्यस्तै राष्ट्रियसभा सदस्य कुमार दसौदीले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारसँग माग गरे । उनले पेट्रोलियम पदार्थको मूल्य घटेर आएको भए पनि सरकारले मूल्य नघटाएको बताए ।

 

 

 

 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्