नेपालगन्जका पेसेवर चोर पक्राउ

सोमबार, मंसिर २५, २०८०
honor mob  winter sales

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जबाट  एक जना पेसेवर चोरलाई पक्राउ गरेको छ।

Honor x7 pad

केही दिनअघि नेपालगन्ज-१० स्थित भृकुटीनगरको एक घरमा चोरी गर्ने नेपालगन्ज-९ बाँके गाउँ पशुपति टोल बस्ने सोनु गोडियालाई पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

प्रहरीको टोलीले गोडियालाई चोरीको योजना बनाउदै गरेको अवस्थामा बाँके गाउँबाट पक्राउ गरेको जानकारी दिएको छ।

प्रहरीको अनुसन्धानबाट गोडिया नेपालगन्जका अधिकांश घरमा चोरी गरेको खुल्न आएको छ भने प्रहरीले उनीसँग थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्