१८ वर्ष जेल सजाय पाएका एक फरार प्रतिवादी १४ वर्षपछि बाँकेबाट पक्राउ

बिहीबार, मंसिर २१, २०८०
honor mob  winter sales

नेपालगन्ज । बाँके प्रहरीले १४ अघि अदालतबाट सजाय पाएर फरार भएका एक प्रतिवादीलाई पक्राउ गरेको छ।

Honor x7 pad

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले २०६६ असार २२ गते जिल्ला अदालत बाँकेको फैसलाबाट ज्यान मुद्दामा १८ वर्ष कैद सजाय पाएका नेपालगन्ज-२२ का ५५ वर्षीय मोहमद हफिज खाँलाई बाँकेबाट १४ वर्षपछि पक्राउ गरेको छ।

बाँके प्रहरीको विशेष अपरेशनमा वर्षौदेखि फरार रहदै आएका खाँलाई लुकिछ्पी बसिरहेको अवस्थामा बुधबार पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई बाँके प्रहरीले कैद भुक्तानका लागि जिल्ला अदालत बाँके बुझाएर कारागार पठाइएको प्रहरीले जानकारी दिएको  छ।

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्