नेपाल आज बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै

बिहीबार, असार २८, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाली महिला टोलीले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ।

Honor x7 pad

महिला टोलीले आगामी सेप्टेम्बरदेखि अक्टोबरसम्म चल्ने १९औं एसियन गेम्सको तयारीका लागि बंगलादेशसँग दुई सिरिज अन्तर्गतको मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

नेपालले आज नेपाली समय अनुसार साँझ ५  पहिलो खेल खेल्दैछ। 

महिला फुटबल टोली

गोलकिपर – एन्जिला तुम्बापोा सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेन्डर – अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजा राना, विमला विक, निशा थोकर, समिक्षा घिमिरे, अञ्जली  वाइवा

मिडफिल्डर – रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही

फरवार्ड – सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल

प्रशिक्षक – अनन्तराज थापा (मुख्य प्रशिक्षक), पारस चौधरी (सहायक प्रशिक्षक), सुरजकुमार लामा (गोलकिपर प्रशिक्षक)

 

 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्