डुडुवा गाउँपालिकाको चोरी भएको मोटरसाइकलसहित भारतीय नागरिक पक्राउ

आइतबार, मंसिर १७, २०८०
honor mob  winter sales

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले डुडुवा गाउँपालिकाको चोरी भएको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ।

Honor x7 pad

नेपालगन्ज-१८ कारकाँदोबाट गाउँपालिकाका लेखा अधिकृत सवार गर्ने भे १ ब १७९६ नम्बरको मोटरसाइकल चोरी भएको सूचना भए लगत्तै जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले उक्त मोटरसाइकलसहित भारतको बहराइचस्थित नानपाराका २० वर्षीय अमन श्रीवास्तवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

गए राति साढे १० बजे मोटरसाइकल चोरी भएको सूचना पाए लगत्तै परिचालन भएको टोलीले श्रीवास्तवलाई नेपालगन्ज-१८ कारकाँदोबाट साढे १० बजे राति  नियन्त्रणमा लिएको हो।

प्रहरीले पक्राउ परेका भारतीय नागरिकसँग थप अनुसन्धान भइरहेको जनाएको छ।

यस्तै  जिल्ला प्रहरी बाँकेले गत २ महिनायता चोरी भएका २२ वटा  मोटरसाइकल मध्ये ७ वटा मोटरसाइकलसहित ७ जनालाई पक्राउ गरेको जनाएको छ भने वेवारिसे अवस्थामा फेला ३ वटा मोटरसाइकललाई सम्बन्धित सवारीधनीलाई बुझाएको जनाएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्