बाँकेको कोहलपुरबाट ठुलो परिमाणमा अफिम र चरेससहित श्रीमान-श्रीमती पक्राउ

आइतबार, मंसिर १७, २०८०
honor २२ sept

नेपालगन्ज । बाँकेबाट श्रीमान-श्रीमती ठुलो परिमाणमा लागूऔषधसहित पक्राउ परेका छन् ।

X7D

लागूऔषध कारोबार हुँदै गरेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कोहलपुरबाट गएको प्रहरी टोलीले कोहलपुर -८ पिपिरीबाट ४० वर्षीय रेवन्त राना र उनकी श्रीमती ३३ वर्षीया कविता थापालाई अफिम र चरेससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीले शनिबार राति पौने ९ बजे उनीहरुको साथबाट बा ५ प ८२१५ नम्बर जीपसहित १२ किलो ७०४ ग्राम चरेश र २ किलो ११६ ग्राम अफिम बरामद गरेको हो।

बाँके प्रहरीका अनुसार पक्राउ परेका रेवन्त यसअघि पनि २०७१ चैत १९ गते जिल्ला प्रहरी बर्दियाबाट लागूऔषध कसुरमा पक्राउ परेका  थिए। त्यसैगरी उनै रेवन्तविरुद्द बाँके प्रहरीले  २०७२ असोज २० गते सार्वजनिक अपराधमा मुद्दा दायर गरेको थियो।

विभिन्न मुद्दा र सार्वजनिक अपराधमा संलग्न रेवन्तलाई इलाका प्रहरी कोहलपुरले  २०७३ असार ३ गते लागूऔषध मुद्दामा पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका दम्पतीसँग लागूऔषध कसुर मुद्दामा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ। लागूऔषध नियन्त्रण ऐन अनुसार उनीहरुलाई  १४ देखि १५ वर्ष वा जन्मकैद र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रहरीले  जनाएको छ।

 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्