ट्रकको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

आइतबार, मंसिर १७, २०८०
Honor 600 pro

तनहुँ । ट्रकले ठक्करले तनहुँमा एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अुनसार भीमाद नगरपालिका–९ थामडाँडा निवासी २६ वर्षीया सुकमाया विकको मृत्यु भएको हो। दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनजना घाइते भएका छन्।

दमौलीबाट पोखरातर्फ जाँदै गरेको मोटरसाइकललाई ट्रकले म्याग्दे गाउँपालिका–६ मौरीबजारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा ट्रकले ठक्कर दिएको थियो।

मोटरसाइकल चालक विकका श्रीमान् रामचन्द्र विक, छोरा तीन वर्षीय सुमन र छ वर्षीय गुराँस घाइते भएका छन्। घाइते तीनै जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ। रासस।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ०८:१०
प्रतिक्रिया दिनुहोस्