११ किलो सुन प्रकरणमा ९ जना चेल चलान, ३ जना धरौटीमा रिहा

शनिबार, मंसिर १६, २०८०
honor mob  winter sales

दोलखा ।गत असोज १० चीनबाट दोलखा हुँदै काठमाडौं ल्याउन लागिएको ११ किलो सुन तस्करी प्रकरणमा ९ जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। उक्त घटनाका ३ जना भने धरौटीमा रिहा भएका छन्।

Honor x7 pad

दोलखाको बिगु गाउँपालिका–१ लमाबगरबाट ४ किलो, जामुने भन्ने ठाउँबाट ३ किलो र सुनसँगै पक्राउ परेकाहरुको वयानको आधारमा लामाबगरमा ढुंगा मुनि लुकाएको अवस्थामा थप ४ किलो गरी जम्मा ११ किलो सुन बरामद भएको थियो । यही ११ किलो सुन बरामद प्रकरणमा अनुसन्धान गरी २६ जनाविरुद्ध अभियोगपत्र दायर भएको थियो ।

दोलखाको बिगु गाउँपालिका-१ बाट बरामद भएको ११ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका १४ जनामध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा गएका हुन् ।

दोलखा जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले सुन प्रकरणमा दावा भन्ने आकार लामा, टासी भन्ने ग्याङ रू, नुर्बु छिरिङ शेर्पा, पेम्बा तामाङ, च्याङ्बा भन्ने चस्मान तामाङ, सनद प्रधान, लाल बहादुर तामाङ, केशर तामाङ र माधवकुमार मगर गरी ९ जनालाई थुनामा पठाउन आदेश गरेको हो।

सोही प्रकरणमा पक्राउ परेका तिलक विकलाई ८८ लाख, दिपेन्द्रराज शाक्यलाई ९३ लाख ५० हजार र  महिमा माझीलाई १ करोड ७९ लाख ४० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ।

उनीहरूले तस्करी गरेर ल्याइएको सुन किनेको मात्रै देखिएकाले धरौटीमा छाडिएको आदेशमा उल्लेख छ।

तस्करी गरेर ल्याइएको सुनमध्ये लालबहादुर तामाङले तिलक विकलाई ८० तोला, दीपेन्द्रराज शाक्यलाई ८५ तोला र नारायण बहादुर श्रेष्ठलाई ९० तोला बिक्री गरेको पाइएको थियो।

उनीहरू धरौटीवापतको रकम तिर्न असमर्थ भए थुनामा पठाउन पनि अदालतले आदेश गरेको छ।  

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्