श्रीमतीलाई ज्यान मार्ने धम्की दिने श्रीमान पेस्तोलसहित पक्राउ

शनिबार, मंसिर १६, २०८०
honor mob  winter sales

जनकपुर। धनुषाबाट पेस्तोसहित एक जनालाई प्रहरीले  पक्राउ गरेको छ।

Honor x7 pad

जिल्लाको सबैला नगरपालिका-८ ठिल्लाका ५१ वर्षीय रामइश्वर ठाकुरले  उनकी ५० वर्षीया श्रीमती रामकाशी देवीमाथि कुटपिट गरी पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

छिमेकीले ठाकुरले श्रीमतीमाथि पेस्तोल तेर्स्याएर ज्यान मार्ने धम्की दिएको सूचना प्रहरीलाई दिएपछि प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो।

प्रहरीको टोलीले उनको घर खानतलासी गर्दा ९ इन्च लम्बाइ भएको कटुवा पेस्तोल बरामद गरेको जानकारी दिएको छ।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्