बाँके प्रहरी वाइक चोरी गर्ने गिरोहविरुद्द याक्सनमा, चोरी भएको वाइकसहित दुई जना पक्राउ

बिहीबार, मंसिर १४, २०८०
honor mob  winter sales

नेपालगन्ज । बाँके प्रहरी मोटरसाइकल चोरी गर्ने गिरोहविरुद्द याक्सनमा उत्रिएको छ।मोटरसाइकल चोरी गर्ने गिरोहविरुद्द याक्सनमा उत्रिएको बाँके प्रहरीले धमाधम मोटरसाइकलसहित चोरहरुलाई नियन्त्रणमा लिन सुरु गरेको छ।

Honor x7 pad

केही दिनअघि मात्र मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको बाँके प्रहरीले आज पनि चोरी भएको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ।

बुधबार मात्रै नेपालगन्ज-८ अतहर हुसेन फारुकीको मोटरसाइकल चोरी भएको निवेदन आए पश्चात् खोजतलास गर्ने क्रममा आज मोटरसाइकलसहित दुई जनालाई प्रहरीले फेला पारेको हो।

खोजतलासका क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज नेपालगन्ज-१८ जनता ग्यारेज अगाडिबाट आज चोरी भएको मोटरसाइकलसहित नेपालगन्ज-८ का २३ वर्षीय अजय सिंह बाडिया र नेपालगन्ज-८ का २० वर्षीय रमेश भनिने हरि सुनारलाई पक्राउ डीएसपी नारायण डाँगीले जानकारी दिएका छन् ।

नेपालगन्जमा केही दिनअघि सम्म दिनहुुँ मोटरसाइकलका चोरीका घटना भएपछि आलोचना खेपेको बाँके प्रहरीले गरेको सुष्म अनुसन्धान पश्चात् मोटरसाइकल चोरी गर्ने गिरोहका सदस्यहरु पक्राउ पर्न थालेका छन् ।

बाँके प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहविरुद्द याक्सनमा आएपछि चोरीका घटनाहरुमा पनि कमी आएको छ। 

आफ्नो घरबाटै मोटरसाइकल चोरी भएका धनीहरुले बाँके प्रहरीले मोटरसाइकलसहित चोरहरुलाई पक्राउ गर्न थालेपछि आफ्नो मोटरसाइकल फेला पर्छ कि भन्ने आशा पलाएको बताउँछन् ।

यता बाँके प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहविरुद्द कारबाही अगाडि बढाइसकेको हुँदा अब उनीहरुलाई पक्राउ गर्न कुनै कसर बाँकि नराख्ने जानकारी दिएको छ।

यता बाँके प्रहरीले पक्राउ परेका मोटरसाइकल चोरहरुसँग थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १८:४१
प्रतिक्रिया दिनुहोस्