नेपालगञ्ज उद्योग वाणिज्य संघमा विवाद बढ्दै, असन्तुष्ट पक्ष उत्रियो प्रतिवादमा

बिहीबार, मंसिर १४, २०८०
honor mob  winter sales

बाँके  नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी पक्षधरले एक्लौटी गर्न थालेको भन्दै विवाद बढ्दै गएको छ। अहिले  असन्तुष्ट पक्षले त्यसको प्रतिवाद गरेको छ । 

Honor x7 pad

अध्यक्ष धामीले आफूखुसी निर्णयहरु गर्दै गएको भन्दै पदाधिकारीसहितको असन्तुष्ट पक्षले बैठक नै बसेर त्यसको प्रतिवाद गर्ने निर्णय गरेको कोषाध्यक्ष मख्खनबहादुर धामीले बताए ।  

संघको नेतृत्वले कसैलाई काखा, कसैलाई पाखा नगरेर संघको बिधि बिधान अनुसार चल्नुपर्नेमा त्यसो नगरेको कोषाध्यक्ष धामीको आरोप छ । संघको बैठकमा नेतृत्व पक्ष अनुपस्थित भएपछि असन्तुष्ट पक्षले बुधबार बैठक बसेर बिभिन्न निर्णयहरु गरेको छ । बैठकले नेतृत्वको अब डटेर प्रतिवाद गर्ने निर्णय गरेको धामीले बताए ।

संघको बिधान अनुसार ७ दिन अगावै बैठक बस्ने भनेर सूचना जारी गरिँदा समेत बैठकमा अनुपस्थित भएपछि बिधानको धारा २८(६) अनुसार उपमहासचिव टेक बहादुर खड्काको अध्यक्षमा बुधबार बैठक बसेर केही निर्णय गरेको जनाइएको छ । बैठकले अध्यक्ष लगायतको पदाधिकारीले कुनै पनि निर्णय गर्दा आफूहरुलाई जानकारी नहुने कुराको बिरोध गर्दै देखिएको व्यथितिका बिरुद्ध अगाडी बढ्दै महासचिव पदमा भएको मतदानको सम्पूर्ण मतगणना नभएको कार्यलाई पूर्ण गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयुक्तले महासचिव पदको मतगणना नहुँदै गरिएको घोषणा कार्यलाई बिधि बिधान अनुसार बनाउन सो पदका लागि अन्य मतपेटिकाको मतगणना गर्ने निर्णय गरेको धामीले बताए । बैठकपछि उपमहासचिव खड्काद्वारा जारी विज्ञप्तीमा महासचिव पदका उम्मेदवार टंकप्रसाद शर्माले पुनःमतगणनाका लागि बिभिन्न मितिमा संघ लगायत बिभिन्न ठाउँमा दिएको निवेदनका आधारहरु प्रशस्त हुँदाहुँदै पनि नेतृत्वले वेवास्ता गरिरहेकोले सो निवेदनमा पुनः बिचार गर्नुपर्ने देखिएको उल्लेख गरिएको छ ।

उम्मेदवार शर्माले सो पदको पुनःमतगणा गरी पाउँ भनी जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन हालसम्म पनि बिचाराधीन रहेको र उच्च अदालत तुल्सीपुर नेपालगञ्जको इजलासको मिति २०८० असोज १५ को आदेशबाट पनि सो बिषयमा प्रशासनबाट टुंगो लगाउनुपर्ने आशय देखिएको हुँदा अदालतको आदेश समेतका आधारमा प्राप्त खामबन्दी गरी राखिएका मतपत्र मतगणना गर्न व्यवस्था मिलाई सोही कार्यालयबाट निष्पक्षरुपमा खामबन्दी गरिएका मत समेतको यही मंसिर २० गते पुनः मतगणना गर्ने जनाइएको छ ।

बैठकले मतगणनाका लागि एक जना अधिकृतको संयोजकत्वमा ३ सदस्यीय टोली गठन गरिदिन बाँके प्रशासनमा लेखी पठाउने र शान्ति सुरक्षाको लागि बाँके प्रहरीलाई अनुरोध गर्नुका साथै पुनः मतगणनाको कार्य सम्पन्न नहुँदासम्मका लागि संघको महासचिवको हैसियतमा भिम रानाभाटलाई कुनै पनि काम गर्न नपाउने र सो पदको काम कारवाही तत्कालका लागि संघका उपमहासचिव खड्काबाट गराउने निर्णय गरेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्