प्रहरीमा ७ एसपी पद रिक्त, बढुवा लाइनमा कारबाही परेकादेखि दर्जनौं पुरस्कार पाएकासम्म

बुधबार, मंसिर १३, २०८०
honor mob  winter sales

काठमाडौँ । नेपाल प्रहरी मुख्यालय नक्सालले प्रहरी उपरीक्षक (एसपी)मा बढुवा तयारी गरेको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवर मुलुक बाहिर रहेकाले उनी स्वदेश आएपछि बढुवा गर्ने गरी तयारी गरेको हो । 

Honor x7 pad

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा भएर पदस्थापनसमेत भइसकेपछि अब प्रहरी नायव उपरीक्षक 

(डीएसपी) बाट एसपी बढुवाको बाटो खुलेको हो। डीएसपीबाट एसपी बढुवाको लागि बाटो खुले पनि एक सातापछि मात्रै सिफारिस हुने संभावना रहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ। 

प्रहरी महानिरीक्षक बसन्त कुँवर इन्टरपोलको महासभामा भाग लिन गएका कारण केही दिन ढिला हुुने संभावना रहेको हो । बढुवाका लागि २०७२ भदौमा प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट डीएसपीमा बढुवा भएकाहरु अहिले एसपी बढुवाको प्रतिस्पर्धामा छन् । 

बढुवा समितिले आईजीपी आएपछि गृह मन्त्रालयको सहमतिमा डीएसपीबाट एसपी बढुवाको सिफारिस गर्नेछ । यसअघि २ एसपीको पद रिक्त थियो । तर केही दिनअघिमात्रै ५ जना एसपीलाई एसएसपीमा बढुवा गरेसँगै अहिले एसपीका ७ पद रिक्त भएका छन् । रिक्त रहेको ७ एसपीको पदमा बढुवा हुने डीएसपीहरु प्रतिस्पर्धामा रहेका छन् । 

जसअनुसार अघिल्लो बढुवामा छुटेका र यसपटक बढुवाको पहिलो नम्बरमा प्रदीपकुमार क्षेत्री छन् । त्यसैगरी दोस्रो नम्बरमा ढकेन्द्र खतिवडा छन् । त्यसैगरी क्रमशः निरन्जनदत्त भट्ट, सन्तोष तामाङ, ठाकुरप्रसाद पोखरेल, अनिलकुमार खड्का, सुमित खड्का र कुलदिप चन्द रहेका छन् । 

यी सबै आठ जना २०६१ सालमा निरीक्षकबाट प्रवेश गरी २०७२ साल भदौमा डीएसपीमा बढुवा भएकाहरु हुन् । अहिले प्रतिस्पर्धामा ३७ जना छन् । जसमा यी आठसँगै त्यसैगरी आन्तरिकबाट बढुवा हुँदै २०७२ सालमै डीएसपी भएकाहरु बाँकी २९ जना छन् । 

आन्तरिकमा बढुवा भएकाहरु छिट्टै अवकाशमा जाने हुन्छन् भने २०६१ वालाहरु एसपीभन्दा माथि जाने लाइनका हुन् । 

एसपीमा सम्भावना भएकाहरुमा नारायण रन्जितकार, राजन लिम्बू, एकनारायण कोइराला, अनन्तराम शर्मा, विनोद घिमिरेलगायत रहेको स्रोत बताउँछ । 

३७ मध्ये कतिले सीमित कारबाही भोगेका छन् भने कोही घोटालामा पनि परेका छन् ।  त्यस मध्ये कुनै डीएसपी उत्कृष्ट कार्य गर्दौ १९ वटा सम्म पुरस्कार पाएका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्