डुडुवामा १४ वर्षीया बालिकाको हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ

मंगलबार, मंसिर १२, २०८०
honor mob  winter sales

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले एक जना बालिकाको हत्या गरेको अभियोगमा भारतीय नागरिक  जेल चलान भएका छन् ।

Honor x7 pad

गत कार्तिक १४ गते अपराह्न ४ बजे डुडुवा गाउँपालिका -१ टेपरीस्थित राम कुमार बाहुनको  खेत टयाक्टरले जोत्ने क्रममा खेतमा गाडिएको अवस्थामा एक बालिकाको शव  फेला परेको बाँके प्रहरीले जनाएको छ।

ती मृतक बालिका सोही वडाकी श्यामलाल चमारको १४ वर्षीया छोरी रिता हरिजन भन्ने सिलावती चमार रहेको खुल्न आएपछि उक्त खेत जोत्न आएका भारत बहराइच जिल्लास्थित बाबागन्जका ३० वर्षीय महेश चौहानलाई अनुसन्धानका लागि पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका ती भारतीय नागरिक चौहानले नै आफुले ती बालिकाको हत्या गरेको बयान दिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेको चौहानलाई ज्यान मुद्दा कसुरमा सरकारी वकिल कार्यालयले जेल चलान गरेको जिल्ला प्रहरी बाँकेले  जनाएको छ।

अवैध सामाग्री बरामद 

प्रहरीले नेपालगन्जबाट भन्सार छलीको अवैध सामाग्री बरामद गरेको छ।

जिल्ला प्रहरीको टोलीले सोमबार नेपालगन्ज-१० गणेशमान चोकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएको ईलेक्ट्रिक स्कुटर र मोबाईलका  चार्जरहरु बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार बरामद गरिएका ८० हजार रुपैयाँ ती अवैध सामाग्रीलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्