मनाङ एयरको हेलिकप्टर दुर्घटना पछि माउन्टेन फ्लाइट बन्द

बिहीबार, असार २८, २०८०
honor mob  winter sales

काठमाडौं । मनाङ एयर हेलिकप्टर दुर्घटनामा पाइलटसहित ६ जनाको मृत्यु भएपछि माउन्टेन फ्लाइटमा रोक लगाइएको छ।  

Honor x7 pad

नागरिक उड्ययन प्राधिकरणले एक सूचना जारी गर्दै  हेलिकप्टरहरुको उडानमा कडाइ गर्नुका साथै उद्धार उडानलगायत हेलिकप्टर सञ्चालनका लागि अनुमति जारी गर्ने तर  माउन्टेन फ्लाइट रोक लगाउने निर्णय गरेको हो।

यस्तै प्राधिकरणले हेलिकप्टरबाट गरिने पुष्पवृष्टि जस्ता गैरअत्यावश्यक उडानहरू पनि मनसुनभर रोक लगाएको   छ । प्राधिकरणले एयरलाइन्स कम्पनीमा शेयर भएका पाइलटहरुले सबै प्रकारका व्यावसायिक उडानहरूको लागि इजाजतपत्रको विशेषाधिकार प्रयोग गर्न नपाउने पनि  जनाएको छ।

मंगलबार सोलुखुम्बुको लुक्लाबाट काठमाडौँका उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना भएपछि प्राधिकरणले यस्तो निर्णय गरेको हो।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०१:३६
प्रतिक्रिया दिनुहोस्