Dashain Banner
Dashain Banner

गुल्सन झाले यू-१९ एसिया कप क्रिकेट खेल्ने

आइतबार, मंसिर १०, २०८०

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका गुल्सन झा यू-१९ एसिया कप खेल्ने भएका छन्।

नेपाली सिनियर क्रिकेट टिमका अलराउन्डर गुल्सन यू–१९ एसिया कपमा खेल्ने  प्रशिक्षक जगत टमटाले जानकारी दिएका छन् । प्रशिक्षक टमाटाले भने-" अलराउन्डर गुल्सन सिनियर टिमबाट अनुभव बटुलिसकेका हुँदा उनी आउँदा यू १९ नेपाली टोली  सन्तुलित हुन्छ।" 

अहिले गुल्सन सिनियर टोलीमा रहेर हरेक कुराको अनुभव भएका कारण उनी यू–१९ मा  आउँदा टोलीमाथि हुने प्रेसर ह्यान्डल उनले गर्ने प्रशिक्षक टमाटाले बताए । 

सिनियर टिमबाट विश्वकै हस्ती राष्ट्रहरुसँग एसिया कप खेलिसकेका गुल्सनको आगमनले टोली थप  बलियो हुनेछ। 

गुल्सन आगामी यू–१९ एसिया कप क्रिकेटका लागी   ६ मंसिरदेखि बन्द प्रशिक्षणमा छन्  । गुल्सन खेल्ने टोलीको कप्तानी देव खनालले नै गर्ने छन् ।

 

 

 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्