२६ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन पुलिस हेडक्वाटरको निर्देशन

आइतबार, मंसिर १०, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाल प्रहरीका २६ जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन् । 

Honor x7 pad

प्रहरी प्रधान कार्यालय नक्सालले बिना जानकारी २/३  महिनादेखि २६ जना प्रहरी कर्मचारी सम्पर्कविहीन बनेपछि उनीहरुको खोजीकार्य सुरु गरेको छ।

नक्सालले उनीहरु त्यति लामो समयदेखि सम्पर्कमा नआएपछि तत्काल हाजिर हुन निर्देशन जारी गरेको छ।

यसअघि सूचना जारी गर्दा उनीहरु हाजिर नभएपछि प्रहरी प्रधान कार्यालयले अन्तिम सूचना जारी गर्दै ७ दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिदै उपस्थित नभएमा सेवाबाट हटाउने बताएको छ।

सूची-

 

 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्