बाँकेबाट चोरी भएको बाइकसहित एक पक्राउ, कहिले फेला पर्छन् अरु बाइक?

शुक्रबार, मंसिर ८, २०८०
honor mob  winter sales

नेपालगन्ज। जिल्ला प्रहरी बाँकेले चोरी भएको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ। 

Honor x7 pad

बाँके प्रहरीको टोलीले गत मंसिर ५ गते राती सवा १० बजे नेपालगन्ज-५ जडिबुटी कार्यालय नजिकबाट चोरी भएको भे ६ प २४७७ नम्बरको मोटरसाइकलसहित राप्तीसोनारी गाउँपालिका-६ का सागर भनिने रामबहादुर सुनारलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीलाई उक्त मोटरसाइकल चोरी भएको सूचना आए पश्चात् खोजतलास गर्ने क्रममा सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ।

"मंसिर ५ गते राती चोरी भएको उक्त मोटरसाइकलको खोजतलास गरेझै यसअघि चोरी भएका मोटरसाइकल  र चोरी गर्ने गिरोहलाई पक्राउ गर्न सफल भएको भए सायद अन्य मोटरसाइकल चोरी हुने थिएन होला" चोरी भएको मोटरसाइकलका एक धनी दुर्गा शाहीले बताए।

चोरी भएका मोटरसाइकल धनीहरु भन्छन् -' प्रहरीको यस्तो सुस्त गतीले अरु चोरी भएका मोटरसाइकल कहिले फेला पर्लान।'

केहीदिन अघिसम्म नेपालगन्जमा दैनिक मोटरसाइकल चोरी हुँदा बाँके प्रहरीको चौतर्फी आलोचना हुँदै आएको छ। 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  २०:००
प्रतिक्रिया दिनुहोस्