कुमारी बैंकको जुम्लामा शाखा बिस्तार

मंगलबार, मंसिर ५, २०८०
honor mob  winter sales

काठमाडौं । ग्राहकलाई राम्रो सेवा दिदै आएको कुमारी बैङ्क लिमिटेडले जुम्लामा पनि शाखा विस्तार गरेको छ। 

Honor x7 pad

कुमारी बैंकले  जुम्लाको  चन्दननाथ नगरपालिकामा जुम्ला शाखा २०८० मङ्सिर ४ गतेबाट सञ्चालनमा ल्याएको हो। बैंक त्यस क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रूपमा बैङ्किङ सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो। बैंकले आगामी दिनहरूमा थप शाखाहरू विस्तार गरेर आधुनिक बैङ्किङ सेवा पुर्‍याउने योजना बनाएको छ।

विगत २२ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १६:५३
प्रतिक्रिया दिनुहोस्