सरुवा भएको ठाउँमा जान पुलिस हेडक्वाटरको निर्देशन, रमाना नदिए कार्यालय प्रमुखलाई पनि कारबाही

मंगलबार, मंसिर ५, २०८०
honor mob  winter sales

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले  तोकिएको स्थानमा पदस्थापन वा सरुवा भएका आफ्ना प्रहरी कर्मचारीहरुलाई तत्काल तोकिएको स्थानमा रमाना लिएर जान निर्देशन दिएको छ।

Honor x7 pad

प्रहरी प्रधान कार्यालयले सरुवा भएको स्थान नगए कारबाही हुने मा जनाएको छ । नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले सबै विभाग, ब्यूरो, निर्देशनालय, महाशाखा, शाखाहरु, सबै प्रदेश प्रहरी कार्यालय र सबै जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखेर २४ घण्टाभित्र सम्बन्धित दरबन्दीमा रवाना हुन निर्देशन जारी गरेको हो । 

प्रधान कार्यालयले सरुवा भएकालाई रवाना गरेको नपाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई विभागीय आदेश निर्देशनको विपरीत कार्य गरेको आधार मानी प्रहरी नियमावली बमोजिम कारबाही हुने व्यहोरा निर्देशानुसार अनुरोधसमेत गरेको छ।

हाल प्रहरीमा आफ्नो पावरको फाइदा उठाउँँदै विभिन्न जिल्लामा रहेका प्रहरीहरु वर्षौदेखि एकै स्थानम बस्दै आएको पाइएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  ०८:३३
प्रतिक्रिया दिनुहोस्