अनलाइन बेटिङमा पक्राउ परेका बल्छी ध्रुबेसहितका कलाकार धरौटीमा रिहा

बुधबार, असार २७, २०८०
honor mob  winter sales

काठमाडौं । अनलाइन बेटिङ वानएक्सको वेबसाइटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकारहरुलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।

Honor x7 pad

पक्राउ परेका मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेलाई जनही ५ हजार रुपैयाँ धरौटीमा छाड्न आज काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो।

अदालतको आदेश पश्चात जिल्ला प्रहरी परिसर काठमाडौंले कलाकारहरुलाई  रिहा गरिसकेको जानकारी दिएको छ। उनीहरुले  वेवसाइटको प्रचार गरेको कसुरमा विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ)र दफा २५ को उपदफा १ बमोजिम कसुर गरेको अभियोग छ ।

उक्त अभियोग अनुसार उनीहरुलाई विज्ञापन नियमन ऐनकै दफा २५ को उपदफा २ अनुसार सजाय माग गरिएको छ । जसमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने  व्यवस्था छ ।

सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र उनकी श्रीमती अनिता धिताललाई  १० लाख रुपैयाँ धरौटी अदालतले मागेको छ । यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन् ।

 

 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  २१:२७
प्रतिक्रिया दिनुहोस्