नेपालगन्ज नाकाबाट ४३ ग्राम ब्राउनसुगरसहित दुई भारतीय युवा पक्राउ

बुधबार, असार २७, २०८०
honor mob  winter sales

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जको सीमा नाकास्थित जमुनाह गाउँबाट  आज  ब्राउनसुगरसहित दुई जना भारतीय युवालाई पक्राउ गरेको छ।

Honor x7 pad

जिल्ला प्रहरी बाँके र लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्जको संयुक्त टोलीले भारतबाट नेपालगन्जतर्फ आउँदै गरेका रुपैडिहाका १९ वर्षीय जुनेद राई र १९ वर्षकै सलमान अलिलाई ४३ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

यूपी ३२ एमपी ६१८९ नम्बरको भारतीय मोटरसाइकलमा रुपइडिहाबाट नेपालगन्जतर्फ आउँदै गरेका दुबै जनालाई चेकजाँच गर्दा जुनेदले गोजामा राखिरहेको अवस्थामा ४३ ग्राम फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले नियन्त्रणमा लिएका दुबै भारतीय युवकसँग थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  २०:३२
प्रतिक्रिया दिनुहोस्