विश्वकप क्रिकेट फाइनल: टस जितेर अष्ट्रेलियाले भारतविरुद्द बलिङ गर्दै

आइतबार, मंसिर ३, २०८०
honor mob  winter sales

काठमाडौं । भारतमा जारी विश्वकप क्रिकेट २०२३ को फाइनल खेल  शुरु भएको छ। विश्वकपको फाइनलमा अष्ट्रेलिया र भारतबीच भिडन्त हुँदैछ। 

Honor x7 pad

अहमदावादको नरेन्द्र मोदी स्टेडियममा भइरहेको खेलमा टस जितेर अष्ट्रेलियाले भारतलाई ब्याटिङको  निम्तो दिएको छ। 

जारी विश्वकपमा भारत एक मात्र अपराजित राष्ट्र हो भने अष्ट्रेलिया निकै बलियो टोली हो।

अष्ट्रेलियाले सबैभन्दा बढी ५ पटक र भारतले २ पटक विश्वकप जितेका छन् । जसमा अष्ट्रेलिया सन् १९८७, १९९९, २००३, २००७ र २०१५ र भारत सन्  १९८३ र २०११ को विश्वकप विजेता हुन् ।

आज हुने विश्वकप फाइनल अष्ट्रेलिया अथवा भारत मध्ये कुजै एक टोलीले जित्ने पक्कै हो। फाइनल जित्ने राष्ट्रले ४० लाख अमेरिकी डलर(५३ करोड ३० लाख नेपाली रुपैयाँ ) र ट्रफी पुरस्कार पाउने छ ।

यो पल्ट विश्वकप जित्ने टिमलाई ४० लाख अमेरिकी डलर अर्थात् ५३ करोड ३० लाख नेपाली रुपैयाँ बराबर नगद पुरस्कार पाउने छ भने उपविजेता राष्ट्रले २० लाख डलर (२६ करोड ६५ लाख नेपाली रुपैयाँ) पुरस्कार पाउने छ ।

त्यस्तै सेमिफाइनल पुगेका दक्षिण अफ्रिका  र न्यूजिल्याण्डले ८-८ लाख डलर (१० करोड ६६ लाख रुपैयाँ) नगद पाउने छन् । विश्वकपको समूह चरणबाटै बाहिरिएका राष्ट्रहरुले १( लाख डलर ९१ करोड ३३ लाख नेपाली रुपैयाँ ) पाउने छन् ।

हालसम्मका विश्वकपमा अष्ट्रेलिया र भारत १३ पटक भिडेका छन् । जसमा अष्ट्रेलियाले ८ र भारतले ५ पटक जितेको छ। सेमिफाइनलमा अष्ट्रेलियाले साउथ अफ्रिका र भारतले न्यूजिल्याण्डलाई पराजित गर्दै फाइनल पुगेका हुन् ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्