संसदीय समितिले माग्यो एआईजी श्याम ज्ञवालीको जन्ममितिको कागजात

आइतबार, मंसिर ३, २०८०
honor mob  winter sales

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले   नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम ज्ञवालीको  जन्ममितिसम्बन्धी कागजात माग गरेको छ।

Honor x7 pad

एआईजी ज्ञवालीको जन्ममितिसम्बन्धी उजुरी समितिमा आएको हुँदा गृह मन्त्रालयसँग कागजात माग गरेको हो।

एआईजी ज्ञवालीको जन्ममितिसम्बन्धी उजुरी समितिमा आएकोले त्यसबारे बुझ्न गृह मन्त्रालयलाई पत्राचार गरेको समितिका सभापति रामहरि खतिवडाले बताए । सभापति खतिवडाले भने-" उजुरी आएपछि त  सत्यतथ्य के हो बुझ्न त पाइयो?" 

उजुरीमा एआईजी ज्ञवालीले प्रहरी सेवामा प्रवेश गर्दा आफ्नो जन्ममिति फरक पारेको बताइएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्