स्कुटरले ठक्कर दिदा पैदलयात्रीको मृत्यु

शनिबार, मंसिर २, २०८०
honor mob  winter sales

हेटौंडा । मकवानपुरमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। धरान–चतरा सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ बाबुचोकमा शुक्रबार साँझ स्कुटरको ठक्करबाट स्थानीय ४३ वर्षीया गोपिनी विकको मृत्यु भएको हो।

Honor x7 pad

ठूला दमारबाट हटियातर्फ आउँदै गरेको ना२५प ८३५६ नंको स्कुटरले ठक्कर दिँदा पैदलयात्रु स्थानीय ४३ वर्षीया गोपिनी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन्।

उनका अनुसार, स्कुटरको ठक्करबाट गम्भीर घाइते विकको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ। रासस।

 

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्