Dashain Banner
Dashain Banner

महिला टी-२० क्रिकेटमा जापान नेपालसँग ६७ रनले पराजित

शनिबार, मंसिर २, २०८०

काठमाडौं । नेपालले जापानलाई ६७ रनले पराजित गरेको छ। चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा जापानलाई ६७ रनले पराजित गरेको हो।

पहिलो ब्याटिङ गरेको नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याउदै जापानले २० ओभरमा १० विकेट गुमाएर ४६ रनमात्रै बनायो।

जापानका लागी मेग गावाले सर्वाधिक १७ र सेइक सुमीले १३ रन बनाए । नेपालका लागी संगीता राईले ५ विकेट लिइन् । पूजा महतो र अस्मिना कर्माचार्यले २-२  विकेट लिएका हुन् ।

पहिलो ब्याटिङ गरेको नेपालका लागी रुबिना क्षेत्रीले सर्वाधिक ३८ रन बनाइन् । यस्तै, कप्तान इन्दु बर्माले २७, पूजा महतोले १३ र सीता रानामगरले ९ रनको योगदान गरे । काजल श्रेष्ठ १५ र अस्मिना कर्माचार्य १  रनमा अविजित रहे ।

नेपालको  यो  सान्त्वना जित मात्र हो । यसअघिका दुई खेलमा नेपाल पराजित भएपछि प्रतियोगिताबाट बहिरिसकेको छ भने जापान पनि बाहिरिसेको छ।

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्