लत्रिएको तारबाट करेन्ट लागेर बागलुङमा एक जनाको मृत्यु

शुक्रबार, मंसिर १, २०८०
honor mob  winter sales

बागलुङ । बागलुङमा लत्रिएको तारबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

Honor x7 pad

जिल्लाको निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको लत्रिएको तारबाट करेन्ट लाग्दा निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भोजविर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको  छ।

नेपालीलाई गाउँबाट ढुवाखोर जाँदै गरेको बेलामा  करेन्ट लागेर  घटनास्थलमै मृत्यु प्रहरीले जानकारी दिएको छ। 

प्रहरीले घटना बारे  थप अनुसन्धान सुरु गरेको यसबारेमा थप विवरण आउन बाँकी रहेको जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्