श्रमिकको ज्याला न्यायोचित ढंगबाट निर्धारण गर्न माग

बुधबार, असार २७, २०८०
honor mob  winter sales

काठमाडौं । श्रमिकको न्यूनतम ज्याला न्यायोचित ढङ्गले निर्धारण हुनुपर्ने जनता समाजवादी पार्टी (जसपा) नेपाल सम्बद्ध समाजवादी ट्रेड युनियन महासंघले माग गरेको छ । 

Honor x7 pad

नेपाल सरकारको सचिवस्तरीय अध्ययन कार्यदलले समेत श्रमिकहरुको न्यूनतम रु ३६ हजार हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाएको सन्दर्भमा महासंघले न्यूनतम पारिश्रमिक निर्धारण समितिमा श्रमिकका प्रतिनिधिहरुले एकमतका साथ श्रमिकका पक्षमा अडान लिनुपर्ने महासङ्घका अध्यक्ष अर्जुन लम्सालले बताए ।

उनले भने, “न्यूनतम ज्याला श्रमिकले कसैसँग माग्ने र कसैले दिने विषय होइन, यो उनीहरुको अधिकारको विषय हो, ट्रेड युनियनहरुले परम्परागत देखावटी शैलीको सट्टा प्रभावकारी र नतिजामुखी आन्दोलनका लागि तयारी रहनुपर्ने बेला भएको छ ।”

समाजवाद उन्मुख मुलुकको परिकल्पना गर्ने तर श्रमिकलाई उचित ज्याला दिने विषयमा सधैँ आलटाल गर्ने गरेको विषयप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यसपटक श्रमिकहरुको ज्याला निर्धारण गर्दा कम्तीमा रु २७ हजार हुनुपर्ने महासंघको माग रहेको छ ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्