गृह मन्त्रालयले भीआईपीका पीएसओ फिर्ता बोलाएपछि नेताहरू असन्तुष्ट

बुधबार, कात्तिक २२, २०८०
honor mob  winter sales

काठमाडौँ ।  केही भीआईपीहरुको सुरक्षार्थ खटिएका प्रहरीलाई गृह मन्त्रालयले तानेको  छ । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले लिखित पत्र पठाएको बहानामा गृहमन्त्रालयले ‘भीआईपी’हरूको सुरक्षार्थ खटिएका प्रहरी अफिसरहरूलाई फिर्ता बोलाएको छ । 

Honor x7 pad

तर पीएसओ फिर्ता बोलाएपछि केही नेताहरु सरकारसँग असन्तुष्ट बनेका छन् । ‘राज्यव्यवस्था समितिका सभापतिज्यूको समय पुगेका व्यक्तिगत सुरक्षा अधिकृतहरूलाई फिर्ता बोलाउने लिखित पत्र आएपछि प्रहरीले त्यसलाई कार्यान्वयन गरेको हो’, नेपाल प्रहरीका प्रवक्ता डीआइजी कुबेर कडायतले भने गृह मन्त्रालयबाट पनि यही निर्देशन आएको छ ।’ 

प्रहरीका अनुसार जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठलगायत समय पुगेका भीआईपीहरूको सुरक्षार्थ खटिएका व्यक्तिगत सुरक्षा अधिकृतलाई फिर्ता बोलाइएको हो । 

प्रहरीले आफ्नो सुरक्षार्थ खटिएका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) फिर्ता बोलाएपछि जसपा अध्यक्ष यादव असन्तुष्ट बनेका छन् । पूर्वउपप्रधानमन्त्री यादवलाई प्रहरीले दुई पीएसओ दिएको थियो । 

प्रहरीले कात्तिक १६ गते बिहीबार बिहानबाट उनको पीएसओलाई फिर्ता बोलाएको छ । यादवले आफ्नो सुरक्षार्थ खटिएका पीएसओ फिर्ता भएपछि सचिवालयमार्फत असन्तुष्टि जनाएका छन् । 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  ०९:४१
प्रतिक्रिया दिनुहोस्