ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु

मंगलबार, कात्तिक २१, २०८०
Honor 600 pro

बागलुङ । बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटनाहुँदा  दुई जनाको मृत्यु भएको छ। बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो।

दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। 

ट्याक्सी सडकबाट एक सय मिटर तल खसेको थियो। दुवै जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। रासस 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्